Tuesday, March 16, 2010

सरकारले सात वर्षमा हजार मेगावाट बिजुली निकाल्ने

पुष्प आचार्य
काठमाडौं, २ चैत
सरकारले सन् २०१७ सम्म १ हजार ४१ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ७ वटा र सरकारले २ वटा आयोजनाबाट उक्त क्षमताको विद्युत् उत्पादन गर्ने भएका हुन् ।
प्राधिकरणले सन् २०१७ सम्म सम्पन्न गर्ने गरी चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो हेवा खोला, माथिल्लो सेती (जलाशययुक्त), माथिल्लो त्रिशूली–३ बी र राहुघाट अगाडि बढाएको छ । प्राधिकरणले निर्माण गर्न लागेका ७ आयोजनाको कुल क्षमता ३ सय ६ मेगावाट रहेको छ ।
सरकारले सात वर्षको अवधिमा माथिल्लो अरुण र नौसलगाड परियोजना निर्माण सम्पन्न गर्ने गरी प्राथमिकतामा राखेको छ । यी दुई आयोजनाबाटै ७ सय ३५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।
२० वर्षीय जलविद्युत् विकास कार्ययोजना कार्यदलले तयार गरेको प्रतिवेदनले सरकार र विद्युत् प्राधिकरणले निर्माण गर्ने आयोजनाको सूचीकरण गरेको हो । प्रतिवेदनले सन् २०१९ सम्म थप ११ हजार ५ सय ५७ मेगावाट विद्युत् उत्पादन गर्ने कार्यक्रम अघि सारेको छ ।
कार्यदलले तयार पारेको बीसवर्षे कार्ययोजना प्रतिवेदनमा २०१० देखि २०१९ सम्म सम्पन्न गर्न सकिने विभिन्न साना र मध्यम खालका आयोजनाहरूको सूचीकरणसमेत गरेको छ । २०१९ सम्म सम्पन्न हुनसक्ने निर्माणाधीन तथा सम्भाव्य आयोजनाहरूलाई कार्यदलले सूचीकृत गरेको हो ।
सन् २०१० मा मार्दी र माईखोला जलविद्युत् आयोजना सम्पन्न भई ५.६ मेगावट थप हुने, त्यस्तै सन् २०११ मा १४ ओटा आयोजना सम्पन्न भई ११९ मेगावाट विद्युत् उत्पादन हुने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । सन् २०११ सम्म बरम्ची खोला मैलुङ, तल्लो न्यादी, चमेलिया खोला, कुलेखानी तेस्रो हेवा खोला, तल्लो चाकु खोला मादी–१, तल्लो मोदी–१, भैरवकुण्ड, सिउरी खोला र आँखु खोला–१ सम्पन्न हुनेछन् । यी आयोजनामध्ये चमेलिया र कुलेखानी तेस्रो नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको हो भने बाँकी स्वतन्त्र ऊर्जा उत्पादक कम्पनीहरूले निर्माण गर्न लागेका हुन् ।
सन् २०१२ मा १५ आयोजना निर्माण सम्पन्न भई १ सय ३ मेगावाट विद्युत् उत्पादन हुने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१२ मा नेपाल सरकारले सम्भाव्यता अध्ययन गरेका मादी र बूढीगङ्गा नेपाली कम्पनीहरूलाई प्रतिस्पर्धाका आधारमा दिनेछ । सन् २०१३ मा सिंगति, माया, मेवा र इंखु स्वदेशी कम्पनीहरूलाई प्रतिस्पर्धाका माध्यमबाट निर्माणका लागि अघि बढाउने लक्ष्य राखिएको छ । त्यस्तै सन् २०१४ मा खारे हाइड्रोपावर, सोलु, तल्लो होंग, कावेली र बूढीगङ्गा निर्माणका लागि प्रतिस्पर्धा गराइनेछ । सन् २०१५ मा तल्लो सोलु र खिम्ति–२ आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कार्यदलको प्रतिवेदनमा सूचीकरण भएअनुरूप नेपालमा सन् २०१९ सम्म सरकार तथा स्वदेशी÷विदेशी कम्पनीहरूले कुल १२ हजार ५ सय ९८ मेगावाट क्षमताका ३ सय ५४ वटा आयोजना निर्माण सम्पन्न गर्नेछन् । कार्यदलले २० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादनका लागि सन् २०२९ सम्मका आयोजनाहरू सूचीकृत गर्ने कार्य अघि बढाइरहेको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete