Saturday, January 9, 2010

भ्रष्टाचारको विषयमा फैसला गर्ने नया“ कानुन चाहिन्छ

ललितबहादुर लिम्बू, प्रमुख आयुक्त- अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अख्तियार अहिले के गर्दैछ ?
अख्तियार आफ्नो संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा सुशासन कायम गर्न निरोधात्मक दण्डहरुमा प्रयोगात्मक उपायहरु अबलम्बन गर्दै आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको छ । सुशासन कायम गर्ने पक्षमा अख्तियार सदैव कटिवद्ध छ । हामीले गरेका कामहरुको विषयमा सञ्चारमाध्यमहरुबाट प्रचार पनि गरिरहेका छौं ।
अख्तियार सुस्तायो भन्छन् नि जनस्तरमा ?
जनस्तरमा त्यस्तो गुनासो छैन । यो सबै हावादारी कुरा हो ।
र्सर्ूयनाथ उपाध्यायको पालामा त धेरै क्रियाशील थियो नि अख्तियार ?
र्सर्ूयनाथको पालामा भन्दा बढि बैठक र निर्ण्र्ाारु हामीले गरेका छौं । उनको पालामा अहिलेको भन्दा बढी केही भएको थिएन । खाली हल्लामात्र थियो ।
तपाईं अख्तियारमा आएपछि के-के गर्नुभयो ?
म अख्तियार आएपछि धेरै कामहरु गरें । सामुदायिक शिक्षा चलाएको छु, सयौंलाई विभागीय कारबाही गरेका छौं । करोडौं रुपैंयाको मुद्दा दायर भएको छ । विगतको भन्दा बढि सङ्ख्यामा निर्ण्र्ाारु गरिरहेका छौं । हामी त विगतको भन्दा पनि बढि सङ्ख्यात्मक र प्रभावकारी काम गरिरहेका छौं ।
अख्तियारमा पनि राजनीतिक हस्तक्षेप हुने गर्छ रे † त्यस्तो केही सामना गर्नभा'छ ?
त्यस्तो केही पनि छैन ।
अख्तियारलाई अझ प्रभावकारी बनाउने विषयमा यहा“ले के सोच्नुभएको छ ?
सबैभन्दा पहिलो त जनतासमक्ष गएर सेवाग्राहीलाई कसरी बढी सुविधा दिने भन्ने विषयमा केन्द्रीत भएका छौं । दैनिक काम, उजुरी, अनुसन्धान र कारबाहीस“गै जनतको बीचमा हामी गएका छौं । जनताबाट गुनासो रर्ेकर्ड गरेर कार्यालय प्रमुख र त्यहा“का अधिकारीहरुलाई सुनाउने, त्यसबारेमा आयोगमा विश्लेषण गर्ने काम भइरहेको छ । यसबाहेक हामीले विभिन्न मन्त्रालयका सचिव, मुख्यसचिव, विभागीय प्रमुख, स्थानीय विकास अधिकारी, कार्यकारी अधिकारीहरुलाई पा“च सूत्रीय निर्देशिका दिएका छौं । जुन कुरा प्रत्यक्ष जनतास“ग सरोकार राख्ने खालका छन् ।
यी पा“च बु“दामा खास के-के कुराहरु छन् ?
पहिलो- सुशासन एकाइ गठन गर्ने । कार्यालय प्रमुखको नेतृत्वमा मासिक बैठक गर्नैपर्ने । दोस्रो- सेवाग्राहीको काम त्यही दिन हुनर्ुपर्छ, भएन भने यो कारणले भएन भनेर लेखेर दिनुपर्ने । तेश्रो- नक्क्ली कागजातमा बढी र्सतर्कर्ता अपनाउनुपर्‍यो । चौथो- टेण्डरमा कार्टर्ेेङ र होलिगेनिजम हुने हनाले सकेसम्म इ-विडिङमा जानुपर्‍यो । पा“चौं- सरकारी जग्गा र गुठीको संरक्षण गर्ने ।
यसरी जनतास“ग प्रत्यक्ष सरोकार हुने काम त विगतमा कहिले पनि भएको थिएन । जथाभावी मुद्दा लग्दा खुसी हुने, चर्चा हुने । विगतमा धेरै मुद्दाहरुमा अख्तियार हारेको छ । मुद्दा लगेर सस्तो लोकप्रियता कमाउनेतर्फहामी लागेका छैनौं । जनतालाई कसरी सुविधा पुर्‍याउन सकिन्छ भन्नेमा हामी लागिरहेका छौं । प्रमाण जुटाउन सकिने मुद्दाहरु लाने र अदालतबाट ठहर गराउने । विगतमाभन्दा अहिले अख्तियारको काम प्रभावकारी भएन भन्दा मलाई हा“सो लाग्छ ।
पछिल्लो समयमा अदालतबाट अख्तियार पराजित हुनुपरेको छैन ?
०५९ भदौ यता ०६६ असार मसान्तसम्ममा जम्मा आठ सय ३२ ओटा मुद्दा दायर गरेकोमा ७ सय १६ मुद्दा फैसला भयो । जसमध्ये ५ सय ८३ मुद्दा हाम्रो पक्षमा छ, अर्थात् ८० प्रतिशतभन्दा बढि सङ्ख्यामा हामी सफल छौं । यो सफलताको दरलाई विश्वका कुनै पनि देशमा हाम्रोजस्तो संस्थास“ग तुलना गर्दा प्रभावकारी काम गरेको मान्नर्ुपर्छ । यो कुरा तथ्याङ्कले नै देखाउ“छ ।
अझै पनि देशभरका जनताको अख्तियारमा पहु“च नभएको जस्तो लाग्दैन ?
यसैका लागि हामीले चेतनामूलक कामहरु गरिरहेका छौं । हाम्रा कर्मचारीहरु विभिन्न जिल्लामा गएर विद्यालय, क्याम्पस, नागरिक समाजलाई भेला गरेर प्रशिक्षित गरिरहेका छन् । ०६४ वैशाख १ यता १५ हजारको सङ्ख्यामा यस्ता भेलाहरु गराइसकेका छौं । यसले जनचेतना अभिवृद्धि गर्ने काम गरिरहेको छ । सेवाग्राहीको माझमा नै पुगेर हाम्रा साथीहरुले उनीहरुका समस्या रर्ेकर्ड गरेर कार्यालय प्रमुखलाई सुनाएर, त्यसमा फेरी हामीले विश्लेषण गरेर अगाडि बढ्ने काम भइरहेको छ । अख्तियारले अझै योभन्दा बढि क्रान्तिकारी काम गरेर अगाडि बढ्न सक्छ ।
अझ क्रान्तिकारी काम भन्नाले ?
यसमा मेरो आफ्नो दृष्टिकोण छ । पछि नै यस विषयमा र्सार्वजनिक गरौंला । यो जनतालाई अझ बढि सेवा दिने विषयमा केन्द्रीत हुन्छ ।
राजनीतिज्ञबाट भएका भ्रष्टाचारका मुद्दाहरुमा अख्तियार पराजित भएको देखियो - अहिले तपाईंहरुले यस्ता भ्रष्टाचारहरुलाई उठाउनुभएकै छैन ?
जबर्दस्ती मुद्दा लगेर अदालतमा हार भयो । पहिला मुद्दा दायर गर्दा सबैले तारिफ गर्ने, फेरी हार्‍यो भनेर अख्तियारलाई नै दोष दिने - अख्तियारको अनुसन्धान फितलो हो कि बहस र निर्ण्र्ााफितलो हो भन्ने कुरा राम्ररी ख्याल गर्नुपर्‍यो ।
प्रमाण भएको खण्डमा हामी जो सुकैका भ्रष्टाचारको मुद्दामा हामी अदालतमा जान सक्छौं । यसमा कुनै द्विविधा हुनुहु“दैन । हामी पर्ूण्ा अनुसन्धानबाट मुद्दा अदालतमा लैजान्छौं । कानुनका ८१ सिङ्ग हुन्छ भन्छन्, यसले सबै आधारहरु खोज्छ । मेरो विचारमा भ्रष्टाचार र अन्य मुद्दाहरुमा फरक दृष्टिकोणले हर्ेर्ने कानुन हुनर्ुपर्छ । भ्रष्टाचारमा प्रमाणलाई नै मुख्य आधार मान्नर्ुपर्छ । प्रायः अन्य मुद्दाहरुमा प्रमाणबाहेक अन्य कुराहरु हेरेर सफाइ दिने गरेको पाइएको छ । अदालतको निर्ण्र्ााम शिरोपर गर्छु । तर देशलाई भ्रष्टाचारमुक्त बनाउने हो भने भ्रष्टाचारको विषयमा फैसला गर्ने कानुन र अन्य मुद्दाहरुलाई फरक किसिमले हर्ेर्ने कानुन आवश्यक छ ।
तपाईंले यहा“ आएपछि राजनीतिक हस्तक्षेप बेहोर्नुपरेको छैन ?
मैंले त्यस्तो समस्या भोग्नु परेको छैन । मैंले कसैको कुरा मानेको छैन, बरु उनीहरुलाई नै बुझाउने कोसिस गर्छु । मैंले कसैको धम्की सुन्नु परेको छैन ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete