Monday, January 11, 2010

जनकपुर चुरोटले काठमाडौं क्षेत्रीय कार्यालयको जग्गा बेच्ने

पुष्प आचार्य
काठमाडौं, २५ पुस
जनकपुर चुरोट कारखानाले कारखानाले क्षेत्रीय कार्यालय काठमाडौको जग्गा बेच्नका लागि पहल शुरु गरेको छ । कारखानाको बानेश्वर अन्तर्रर्ााट्रय सम्मेलन केन्द्र अगाडिको ६ रोपनी ३ आना जग्गा खरिद गर्न नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषले चासो देखाएका छन् । कारखाना सञ्चालनका गर्न उद्योग अचल सम्पत्ति बेच्नका लागि कारखानाले अर्थमन्त्रालयसँग स्वीकृति माग गरेको छ ।
कारखानाले उद्योग मन्त्रालयमार्फ् अर्थ मन्त्रालयसँग समक्ष ५० करोड रुपैंयामा माग गरेकोमा अर्थले रकम निकासा गर्न नसक्ने जनाउ दिएपछि जग्गा बेच्ने मनस्थितिमा पुगेको हो । अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुख टंकमणी शर्माले कारखानाको प्रस्तावमा अर्थ सकारात्मक रहेको बताए ।
उद्योगले कारखानाले रकम माग गरेको फाइल अर्थ मन्त्रालय पठाएपछि अर्थले स्थलगत निरिक्षण गरी कारखानाको दर्ीघकालीन विजनेश प्लान लगायतका विषयहरुमा जानकारी माग गरेको थियो । शर्मा भन्छन्, 'कारखानामा डिजेल, कोइला र फर्निस आयल उत्पादन गर्ने तीन खालका उपकरणहरु पृथक प्रयोजनका लागि पनि सञ्चालनमा ल्याउन सकिन्छ ।' अर्थ मन्त्रालये व्यवस्थापन सुधार गरेर कारखाना सञ्चालन गर्न नसके लिक्वीडेसनमा लैजाने सोच बनाएको थियो । 'आफ्नै स्रोत साधनबाट कारखानाले पुनः मुनाफा आर्जन गर्छ भने त्यसलाई सञ्चालन गर्न जोड दिनर्ुपर्छ', उद्योग मन्त्रालयका प्रवक्ता सीताराम तिमल्सिनाले भने ।
जनकपुर वडा नं. ५ स्थित मिल्स एरियाको ३३ रोपनी जग्गामा सञ्चालन भइरहेको कारखानासँग काठमाडौंमा ६ रोपनी ३ आना जग्ग्ाा र सो जग्गामा निर्मित भवनको अनुमानित मूल्य एक अर्ब र बुटवलमा रहेको ६ कट्ठा २ धुर जग्गा र त्यहाँ निर्मित भवनको मूल्य एक करोड २३ लाख रहेको छ ।
कारखानाका मेसिनहरुमध्ये रोटकिटर, फिल्टर चुरोट उत्पादन मेसिन तथा उत्पादनतर्फजडान रहेको एसी प्लान्ट धेरै पुरानो तथा जर्जर अवस्थामा रहेका कारण वेस्टेज बढी हुने भएपछि फिल्टर चुरोटको उत्पादन पर्ूण्ा रुपमा बन्द छ । ४४ वर्षपुराना मेसिन परिवर्तनका लागि मात्र २० करोड लागत पर्ने केन्द्रीय कार्यालयका एक प्राविधिकले बताए । कारखानाले अवस्था जर्जर भएको भन्दै सञ्चालनका लागि उद्योग मन्त्रालयसँग ५० करोड रुपैंया माग गरेको थियो । आफूलाई तत्काल आवश्यक पर्ने रकम उपलब्ध नभएपछि कारखानाले आफ्नो अचल सम्पत्ति बिक्रीका लागि स्वीकृति माग गरेको हो । यसअघि कारखानाले सरकारसँग आफ्नो अचल सम्पत्ति लिई चाहिएको रकम उपलब्ध गराउन माग गरेको थियो ।
चुरोट कारखानाको उत्पादन भने क्रमशः घट्दै गइरहेको छ । प्रतिमहिना एक करोड २३ लाख घाटा रहेको कारखानाले जनाएको छ । आर्थिक वर्ष०६५/६६ को अन्त्यसम्म आइपुग्दा कारखानाको घाटा २० करोड पुगेको थियो । कुनै समय ४५ करोडभन्दा बढी राजश्व बुझाउने कारखाना धराशायी हुनुको कारण के हो त - प्रवक्ता तिमल्सिना भन्छन्, 'कारखाना व्यवस्थापनको अक्षमता र यहाँको जबर्दस्त कर्मचारी संरचनाका कारण कारखाना यो अवस्थामा आइपुगेको हो ।' अर्थले कारखानाका २४० कर्मच्ाारी निष्काशनको लागि २६ करोड रुपैंया दिएकोमा कारखानाले मन्त्रालयलाई त्यसको साँवासमेत भुक्तानी गर्न सकेको छैन । राजश्व सहित कारखानाले अर्थ मन्त्रालयलाई ३२ करोडभन्दा बढि तिर्न बाँकी छ । कारखाना सञ्चालनका लागि आर्थिक संकट शुरु भएपछि केही महिना यता कारखानाले उत्पादन बन्द गरेको छ ।
शुरुका वर्षरुमा २ अर्ब खिल्ली चुरोट उत्पादन गर्दै आइरहेको कारखानाले गत आर्थिक वर्षा एक अर्ब १५ करोड खिल्लीमात्र चुरोट उत्पादन गरेको थियो ।
तत्कालीन शोभियत संघको प्राविधिक सहयोगमा २०२१ साल पुसमा स्थापना भएको जनकपुर चुरोट कारखाना शुरु गर्दाको बेलामा अधिकृत पुँजी ८ करोड, जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार रहेको थियो । शुरुमा वाषिर्क २ अर्ब खिल्ली चुरोट उत्पादन गरिन्थ्यो भने ३ सय६६ जनाले रोजगारी पाएका थिए ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete