Wednesday, January 13, 2010

६ महिना नबित्दै सकियो भ्रमण खर्च

पुष्प आचार्य
काठमाडौं, २९ पुस
भ्रमण खर्च
साउन- १,८१६,३५६
भदौ- ११,२९४,१८९
असोज- २०,७६९,४३३
कात्तिक- १५,५०३,३०२
मंसीर- २,२३४,७७७
पुस -चीन र कोपेनहेगन मात्र) १३,२००,०००
काठमाडौं, २९ पुस । सरकारले चालु वर्षो ६ महिनामा नै भ्रमण खर्च ससकेको छ । सरकारले चालु आर्थिक वर्षा विशिष्ट व्यक्तिको भ्रमण खर्चका लागि २ करोड ५० लाख र प्रतिनिधि मण्डल भ्रमणका लागि ६ करोड गरी कूल ८ करोड ५० लाख रुपैंया छुट्याएको थियो । मंसीर महिनामा मात्र विशिष्ट व्यक्तिको भ्रमणका लागि प्रतिनिधिमण्डल भ्रमण खर्चबाट १ करोड ५५ लाख रुपैंया रकमान्तर गरी खर्च गरेको थियो । अहिलेसम्म सरकारले ६ करोड ४८ लाख रुपैंयाभन्दा बढी रकम खर्च गरिसकेको छ ।
प्रतिनिधि मण्डल भ्रमण खर्चका लागि छुट्याइएको रकमबाट रकमान्तर गरी विशिष्ट व्यक्तिले भ्रमण गर्नुपर्नेछ । विशिष्ट व्यक्तिको भ्रमण खर्चका लागि छुट्याइएको दर्ुइ करोड ५० लाख रुपैंया त दर्ुइ महिनाकै अवधिमा सकिएको थियो ।
प्रधानमन्त्री माधवकुमार नेपालले भदौ र असोज महिनामा गरेका ठूला भ्रमणहरुमा झण्डै अढाइ करोड रुपैंया रकम खर्च गरेका थिए । जुन विशिष्ट व्यक्तिको भ्रमणका लागि वर्षरीको भ्रमण खर्च हो । असंलग्न आन्दोलनको १५औं शिखर सम्मेलनमा भाग लिन इजिप्टको कायरो जाँदा उनले ८७ लाख ६६ हजार र संयुक्त राष्ट्र संघको ६४औं महासभामा भाग लिन जाँदा एक करोड ५८ लाख रुपैंया खर्च गरेका थिए ।
चालु आर्थिक वर्षाा मात्र प्रधानमन्त्रीकै नेतृत्वमा ६ भन्दा बढी ठूला भ्रमणहरु भएका छन् । असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन, भारत भ्रमण, नर्वे भ्रमण, संयुक्त राष्ट्र संघको ६४औं महासभा, कोपनहेगनमा जलवायु परिवर्तनसम्बन्धि सम्मेलन र चीन भ्रमणमा जम्बो टोली सामेल भएको थियो ।
भदौ महिनापछि अहिलेसम्म साना ठूला गरी ४० ओटा भ्रमण भैसकेका छन् । जसमा राज्यकोषबाट रकमान्तर गरी विदेश भ्रमणमा खर्च गरिएको छ । परराष्ट्रमन्त्री सुजाता कोइराला र रक्षामन्त्री विद्यादेवी भण्डारीले भारत भ्रमणको ठूलो खर्च भएको छ ।
प्रधानमन्त्रीको भ्रमणको तयारीमा गएकी परराष्ट्रमन्त्री सुजाता कोइरालाले चार दिनमा ११ लाख ९७ हजार रुपैया खर्च गरेकी थिइन् भने रक्षा मन्त्री भण्डारीले चार दिनमा नै ४ लाख ५६ हजाररुपैया खर्च गरेकी थिइन् ।
सबैभन्दा आर्श्चर्यको कुरा त चीन र कोपनहेगम भ्रमणको खर्चमा समेत काफी अन्तर देखिन्छ । जलवायु परिवर्तन सम्बन्धि पक्ष राष्ट्रहरुको सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्री, प्रधानमन्त्रीकी श्रीमति र वनमन्त्रीको खर्च मात्र नेपाल सरकारले बेहोर्ने भनिएकोमा ७० लाख रुपैंया खर्च भएको बताइएको छ । चीन भ्रमणमा भने ६२ लाख रुपैंया खर्च भएको बताइएको छ । डिएफआइडी, यूएनएफसीसीसी, डब्लूडब्लूएफलगायतका दाताहरुको सहयोगमा जलवायु परिवर्तन सम्बन्धि सम्मेलनमा भाग लिन पुगको टोलीले ७० लाख रुपैंया खर्च भयो । प्रध्ाानमन्त्रीसहित ६७ सदस्यीय कोपेनहेगन टोलीमा ३ जनाको खर्च मात्र नेपाल सरकारले बेहोर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री र मन्त्रीहरुका भ्रमणमा आतिथ्य प्राप्त नहुने सदस्यहरुको नाममा एक करोडभन्दा बढी खर्च भएको पाइन्छ ।
विशिष्ट व्यक्ति ता तिनका प्रतिनिधिमण्डलले अब दर्ुइओटा ठूला भ्रमण गर्दा भ्रमण खर्च सकिन्छ । जसका लागि अन्य शर्ीष्ाकबाट रकमान्तर गर्नुपर्नेहुन्छ ।
आन्तरिक खर्च पनि उच्च
सरकारले आन्तरिक भ्रमणमा पनि गत वर्षो सोही अवधिको तुलनामा दोब्बर भन्दा बढी रकम खर्च गरेको छ । मन्त्रीपरिषद्का सदस्यहरुलाई देशभित्र आन्तरिक भ्रमणमा उपलब्ध गराउने खर्चमा रकम दोब्बर भएको हो । गत वर्षपौष महिनासम्म ४६ लाख ९८ हजार रुपैंया खर्च भएको थियो भने चालु वर्षा एक करोड एक लाख ५२ हजार रुपैंया खर्च भएको छ ।
प्रधानमन्त्रीबाट स्वीकृति लिएर हुने यस्ता जिल्ला भ्रमणहरुमा सकेसम्म टोली सानो बनाउनुपर्ने आचारसंहितामा उल्लेख छ । यस्ता भ्रमणमा मन्त्रीले एक सुरक्षाकर्मी, स्वकीय सचिवालय र मन्त्रालयको तर्फाट एक-एक जना गरी तीन जना मात्र समावेश गराउन पाउनेछन् । यसरी जिल्ला भ्रमणमा जाँदा एक जिल्लामा दर्ुइ दिनभन्दा बढी बस्न नपाउने र उपलब्ध भएसम्म सरकारी गेष्ट हाउसमा बस्नुपर्ने व्यवस्था छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete