Saturday, January 9, 2010

रोडा तथा गिट्टी निकासीमा प्रतिवन्ध लगाइने

पुष्प आचार्य
काठमाडौं, १२ पुस । नेपालका विभिन्न नाकाहरुबाट भारतमा निकासी भइरहेको रोडा तथा गिट्टीको निकासीमा प्रतिबन्ध लगाइने भएको छ । गिट्टी, रोडा निकासीका कारण समस्या देखिएपछि वाणिज्य तथा आपर्ूर्ति मन्त्रालये निकासीमा रोक लगाउने भएको हो ।
'गिट्टी निकासी नरोके चाँडै ठूलो समस्या पैदा हुन्छ', वाणिज्य तथा आपर्ूर्ति मन्त्री राजेन्द्र महताले भने । आइतबार मन्त्री महतोले गिट्टी निकासी रोक्ने विषयमा गृहसचिव गोविन्द कुसुम, वाणिज्य सचिव पुरुषोत्तम ओझा, उद्योग सचिव प्रतापकुमार पाठक लगायतसँग छलफल गरेका छन् । मन्त्री महतोका अनुसार, गिट्टी निकासी रोक्न प्रहरी परिचालन, क्रसर उद्योगको व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको हो । उनले गिट्टी निकासीमा तत्काल रोक लगाउने विषयमा सबै पक्ष सहमत भएको बताए ।
नेपालगञ्ज, कृष्णनगर, नवलपरासीको त्रिवेणी, पर्ूर्वी क्षेत्रका वीरगञ्ज, बारा लगायतका नाकाबाट गिट्टी, रोडा तथा बालुवा भारत निकासी हुने गर्दछ । वीरगञ्ज नाकाबाट हुने गिट्टी निकासीका कारण रक्सौलबाट पेट्रोलियम पदार्थ आयातमा समेत अप्ठेरो परिरहेको छ । नेपालबाट भारत निर्यात हुने गिट्टीका ट्रकहरुका कारण ट्यांकरहरु जाममा परेर पेट्रोलियम भित्र्याउन असहज भएपछि निगमले जाम खुलाउने विषयमा सशस्त्र प्रहरी प्रमुखसँग कुराकानी समेत गरेको थियो ।
नेपाल भारतबीच हालै सम्पन्न वाणिज्य सन्धिले ढुङ्गा, रोडा, बालुवा लगायतका सामग्रीलाई प्राथमिक निकासीका सामग्रीमा राखेर निर्यात शुल्क नलाग्ने व्यवस्था गरिएको छ । सन्धिपछि महेशपुर-ठुटीबारी, सिक्टा-भिरुवा बजार, लोकाहा-थाडी, गुलरिया- मर्ूर्तिहा नयाँ नाका खुला गरिएको छ ।
रोडा तथा गिट्टीको निकासीका क्रममा पर्ूवको उदयपुरदेखि पश्चिम महाकालीसम्मका चुरे पहाड र खोलानालामा ढुंगाखानी उत्खनन गरी क्रसर उद्योग सञ्चालन हु“दै आएका छन् । चुरेपहाड फोरेर ढुंगा निकालेपछि त्यहा“ पहिरोको खतरा बढेको छ । भारततर्फगिट्टी निकासी रोकेपछि अधिकांश क्रसर उद्योग संकटमा पर्नेछन् ।
अहिले मकवानपुरको जङ्गल क्षेत्रदेखि बुटवलका तिनाउ खोलासम्म क्रसर उद्योग खुलेका छन् । नदी तथा खोलाबाट ढुङ्गा झिकेपछि कतिपय ठाउ“मा पानीको बहावस“गै खेतीयोग्य जमीनमा बाढी पस्ने सम्भावना बढेको चुरे क्षेत्रका स्थानीय बासिन्दाहरु बताउ“छन् । जथाभावी ढुङ्गा झिक्ने क्रम बढेकाले कतिपय ठाउ“मा पुल लगायतका पर्ूवाध्ाारहरु समेत भत्कने खतरा बढेको छ ।
गिट्टी निकासीको विषयले केही समय यता राजनीतिक आवरण समेत पाइरहेको छ । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालको पछिल्लो भेटघाटमा पनि गिट्टी निकासीको विषयमा कुराकानी भएको थियो । मन्त्री महतोले यो निर्ण्र्ााराजनीतिक नभई मुलुकको हीतमा गर्न लागिएको बताए । 'प्राकृतिक सम्पदाहरूम्ााथि धेरै हस्तक्षेप गरियो भने त्यसको असर के हुन्छ -' उनले भने ।
भारतले आफ्ना ठूला निर्माण आयोजनाका लागि नेपालबाट ढुङ्गा, गिट्टी, रोडा, बालुवा आयात गर्ने गरेको छ । हाल भारत सरकारको केन्द्रीय योजनामा परी निर्माणाधीन आसामको गुहाटीदेखि उत्तर प्रदेशको नोयडा सहरसम्म ११६० किलो मिटर लामो राष्ट्रिय राजमार्ग निर्माणका लागि नेपालबाट गिट्टी, रोडा तथा बालुवाको निकासी हु“दै आएको छ ।
भन्सार विभागका महानिर्देशक बोधराज निरौलाका अनुसार गिट्टी निकासीबाट प्रतिवर्ष५० करोडभन्दा बढी राजश्व संकलन हुने गरेको छ । ६ महिनाअघि भन्सार दरमा वृद्धि भएपछि भारतले विरोधस्वरुप दर्ुइ महिनासम्म आयात बन्द गरेको थियो । निरौलाका अनुसार, गिट्टी प्रति मेट्रीक टन ९० रुपैंयाबाट दर्ुइ सय रुपैंया र बोल्डर ३५० बाट ४०० रुपैंया पुर्‍याइएको थियो ।
मुलुकभर ठूलो सङ्ख्यामा क्रसर उद्योगहरु स्थापना भए पनि यिनीहरु सङ्गठीत भने छैनन् । मुलुकभर गरी हजारभन्दा बढीको सङ्ख्यामा रहेका क्रसर उद्योगहरुले गत वष २५ करोड राजश्व उठेको अर्थमन्त्रालय राजश्व महाशाखा प्रमुख शान्तराज सुवेदीले बताए ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete