Saturday, January 9, 2010

मेगा नेपालको पहिलो 'पाँच तारे' बैंक बन्नेछ

अनिल शाह, प्रमुख कार्यकारी अधिकृत, मेगा बैंक
मेगा बैंकलाई कसरी अगाडि बढाउने सोच बनाउनुभएको छ -
सबैभन्दा पहिले त पेशाकर्मीले कुनै पनि संस्थामा काम गर्दा साझेदारी -पार्टनरसीप)का रुपमा हर्ेनर्ुपर्छ । जहा“ दुवै 'पार्टनर' ले त्यो पेशाबाट फाइदा लिइरहेको हुनर्ुपर्छ । कुनै पनि पेशाकर्मीले काम मात्र गर्ने संस्थाले उसलाई तलब नदिने र संस्थाले लगानी गर्ने तर पेशाकर्मीले केही नगर्ने यी दुवै काम ठीक होइनन् । नबिल बैंकमै प्रमुख कार्यकारी अधिकृत -सीइओ) हु“दा नै मैंले भनेको थिए“ । सीइओको जुन गतिशीलता हुन्छ, त्यो केही समयपछि विस्तारै घट्दै जान्छ । मालिक -वनर) हरुले नै सीइओ भएर चलाएका ठाउ“बाहेक व्यावसायिक -प्रोफेशनल) सीइओ चार-पा“च वर्षो अन्तरालमा परिवर्तन गर्‍यो भने त्यसले नया“ मानिसको उर्जाले काम गरिरहने मौका पाउ“छ ।
नबिल बैंक छाड्दा मैले भनेको थिए“, 'स्ट्यार्न्र्डड चार्र्टर्डले मलाई बैंकिङ्ग सिकायो र नबिलले मलाई बैंकर बनायो' । अध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठ र उहा“को टीमस“ग काम गर्न पाउ“दा मैंले धेरै कुरा सिकें । नविल बैंकप्रति कुनै वितृष्णा भएर मैंले त्यहा“ छाडेको होइन । त्यहीं रह“दा अब मैंले नबिललाई दिनेभन्दा पनि लिने अनुपात पो बढ्दै जाने हो कि जस्तो लाग्यो । मैंले नविललाई पहिलो नम्बरमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेको थिए“ । त्यहा“ रहेर त्यो काम पुरा गरें ।
नबिल छाडेपछि धेरै वाणिज्य बैंकहरुमा तपाईंको नाम जोडिएका थिए, किन मेगा नै रोज्नुभयो -
अरु स्थापित बैंकहरु थिए । त्यहा“ गएर काम गर्न सकिन्थ्यो । व्यावसायिक रुपमा र व्यक्तिगत रुपमा पनि म जिन्दगीलाई 'यादहरुको माला' ठान्छु । यर्सथ, मालामा नया“ पत्थर कसरी थप्ने त भन्ने सोचमा मैंले नेपाल बैंकमा गएर देशको अर्थतन्त्रमा केही सुधार गर्ने सल्लाह पाए“ । केही प्राविधिक कारणले त्यहा“ जाने प्रयास सफल भएन । नभइसकेपछि मैंले नया“ बैंकमा गएर नया“ अनुभव लिउ“m भन्ने लाग्यो । म एउटा व्यवासायी नभएर पेशाकर्मी भएको हुनाले व्यावसाय शुरु गर्नेतिर लागिन“ । यही क्रममा एउटा अवसर आयो- धुलोबाटै बैंक स्थापना गर्ने । यो अवसर व्यावसायीबाहेक धेरै कम मानिसले मात्र पाउ“छन । मेगा बैंकको बोर्डस“ग छलफल भएपछि मैंले साझेदारीको कुरा गरें ।
सा“च्चिकै नेपालमा आर्थिक क्रान्ति गर्ने हो भने नया“ किसिमको अर्थतन्त्र शुरु गर्नर्ुपर्छ भन्ने मलाई लाग्यो । समावेशी अर्थतन्त्र अबको आवश्यकता हो । देशको अर्थतन्त्रबाट सीमित व्यक्तिहरुले मात्र फाइदा लिने हो भने नया“ आर्थिक क्रान्ति सम्भव छैन । मेगा बैंकमा १२ सय २८ जना प्रमोटरहरु हुनुहुन्छ । ६३ जिल्लाबाट प्रमोटरहरु जम्मा हुनुभएको छ । प्रमोटरहरुबाट कम्तीमा एक लाख र बढीमा दश लाख रुपैंया लगानी गर्नुभएको छ । मध्यम वर्गले पनि आफ्नो लगानीबाट आर्थिक लाभ लिन सक्छन् भनेर मेगा बैंकमा आएको हु“ । पू“जी र प्रमोटरहरु यति धेरै भएको मेगा पहिलो बैंक हो ।
बैंकको पू“जीगत अवस्था कस्तो छ -
यसमा ७० प्रतिशतन प्रमोटरहरुको लगानी छ । ३० प्रतिशत आइपीओ गरेपछि र्सार्वजनिक हुन्छ । अहिले हाम्रो पू“जी २ खर्ब रुपैंया रहेको छ । नेपालमा २ अर्ब रुपैंया उठाउन गाह्रो छैन । १२२८ ओटा प्रमोटर भएको कस्तो बैंक हुन्छ भनेर मानिसहरुले भन्ने गर्दछन् । मैंले त यहा“ १२२८ 'मेगा एम्बेसडर' देखेको छु । ६३ ओटा जिल्लामा व्यावसाय गर्ने मानिसहरु छन् । उनीहरुले आफ्नो बैंकमार्फ् नै व्यावसाय गर्छन् । यहा“ विभिन्न क्षेत्रका प्रमोटरहरु हुनुहुन्छ । धेरै प्रमोटर भए अब उनीहरुले बैंकमै काम गर्छन् भन्ने होइन । उनीहरु आ-आफ्नो पेशा-व्यवसायमा छन् । हाम्रो बैंकको शुरुवातमा हामी प्रमोटरहरु र उनका वरपरका दश जना मानिसहरुलाई यहा“ खाता खोल्न अनुरोध गर्र्छौं । १२२८ जनाले १०-१० जना ल्याएर कम्तीमा एक लाख रुपैंया राखिदिए भने हाम्रो निक्ष्ँेप त्यसै बढ्छ । वित्तिय क्ष्ँेत्रमा अहिले ठूलो प्रतिस्पर्धा शुरु भएको छ । अन्य वित्तिय संस्थाहरुले जस्तै काम गर्न मेगा बैंक खोल्न पर्दैनथ्यो । हामी फरक किसिमले काम गर्ने सोचका साथ आएका हौं ।
मेगा बैंक भनेर नाम दिनुभएको छ, यसको नामको संयोग कसरी जुर्‍यो -
मेगा भनेका सबैभन्दा ठूलो । १२२८ जना प्रमोटर भएको सबैभन्दा ठूलो बैंक भन्ने हिसाबले यसको नाम मेगा रह्यो । हाम्रो शुरुवात 'मेगा' छ र सोच पनि 'मेगा' नै छ । हामी चार पा“चओटा शाखाहरु खोलेर पैसा कमाउने काममा लाग्दैनौं । वित्तिय क्षेत्रमा समावेशीता कसरी बढाउने भन्नेमा नै हाम्रो प्रयास हुन्छ । आइएनजीओ, शैक्षिक संस्था, विकासका अन्य क्षेत्रका साथीहरुको यसमा सहभागिता छ । हामीले देशलाई कसरी बनाउन सक्छौं र वित्तिय समावेशीता कसरी बढाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन्छौं । अन्य बैंकले दिएका जस्ता सुविधाहरु हामी दिन्छौं तर यसको प्रकृति फरक हुन्छ । मेगा नेपालको पहिलो पा“च तारे बैंक बन्नेछ । पा“च तारे होटलहरु छन्, कतार एयरलाई पा“च तारे एयरवेज भनिन्छ । त्यस्तै पहिचान मेगा बैंकले स्थापना गर्नेछ । त्यसका लागि हाम्रो मुटु 'आइटी' हो । चलेको 'आइटी' प्रणालीहरुमध्ये सबैभन्दा गुणस्तरीय प्रणाली हामी रोज्छौं ।
यसस“गै बैंकले ल्याउने नया“ प्रोडक्टहरु शहरमा मात्र सीमित हु“दैन । हामीस“ग ग्रामीण बैंकिङ्गको सोच पनि छ । मेगा बैंकको ५० जिल्लामा शाखा खोल्ने लक्ष्य छ । विस्तारै हाम्रो प्रतिनिधित्व ७५ जिल्लामा मात्र होइन, गाउ“-गाउ“मा हुने व्यवस्था हामी गर्र्छौं ।
बैंक कहिलेबाट शुरु हुन्छ -
वैशाख १ गतेभन्दा अगावै मेगा बैंकको कारोबार शुरु हुन्छ । वसन्त पञ्चमीको दिनदेखि हामी मेगा महलमा यसको मुख्य कार्यालय सञ्चालनमा ल्याउ“छौं । यही दिन शुरु हुन्छ भनेर भन्न पनि कठिन छ- यसका लागि राष्ट्र बैंकले लाइसेन्स दिनुपर्‍यो, हाम्रो कम्प्युटर सिस्टमहरु ठीक हुनुपर्‍यो । यस्ता धेरै प्राविधिक पक्ष्ँहरु बा“की नै छन् । टार्गेट मिति हामीले वैशाख १ भन्दा पहिलेलाई नै तोकेका छौं ।
ठूला निक्षेपकर्तालाई किन 'टार्गेट ग्रुप' बनाउनुभएन -
दीगो वित्तिय संस्था बनाउ“छु भन्ने मानिसल यो मात्र गर्छु भनेर सम्भव नै छैन । सबै काम गर्नर्ुपर्छ । त्यही भएर गाउ“मा मात्र बस्छु, शहरमा आउ“दै आउ“नि भनेर पनि म भन्दिन“ । जुन थालबाट सबैले खाइरहेका छन्, त्यही थालबाट म पनि खान्छु । साथै ७० प्रतिशत जनताको थाल जहा“ वित्तिय क्षेत्र पुगेकै छैनन्, त्यो ठाउ“मा पनि म प्रवेश गर्छु भन्ने हाम्रो सोच हो । नया“ बैंकले यो रफ्तारलाई अघि बढाउ“छ । नेपाली जनता शहर र अर्ध शहरी क्षेत्रमा मात्र बस्दैन । ग्रामीण क्षेत्रमा बस्छ । कृषिप्रध्ाान देशको आधारमा हामी कसरी प्रवेश गर्ने - कस्ता सुविधाहरु लिएर जाने भन्नेमा हाम्रँे ध्यान अहिले गइसकेको छ ।
शुरुवातमै केही शाखाहरु पनि स्थापना गरेर जानुहुन्छ कि मुख्य कार्यालयमात्र शुरु गर्नुहुन्छ -
शुरुमा हामी कार्यालय र मुख्य शाखा खोल्छौं । बैंकिङ्ग भनेको दर्ीघकालीन उद्योग हो । चा“डै नाफा कमाउने सोचमा हामी छैनौं । आधार -गृहकार्य) राम्रो हुनर्ुपर्छ । त्यो हुने बित्तिकै घर जति तलाको बनाए पनि भइहाल्यो । जग नै कमजोर भएको ठाउ“मा दश तलाको घर बनायो भने हर्ेदा आकर्ष देखिन्छ तर निर्माण सम्पन्न नहु“दै माथिका चार तला खसे भने त राम्रँे भएन । मैंले एकै दिनमा ९ ओटा शाखाहरुसम्म खोलेको छु, शाखा थप्ने काम विस्तारै हुन्छ ।
केही समययता नेपालका बैंकहरुको लगानी रियलस्टेट, हाउजिङ, अटोमोबाइलतिरमात्र केन्द्रीत हुन थालेका कारण केही बैंकहरु अप्ठेरो स्थितिमा छन् भनिन्छ नि -
जुन अरु बैंकहरुले गरेका छन्, त्यो पनि राम्रो क्ष्ँेत्र हो । अटो, अपार्टमेन्ट यी सबै राम्रा क्ष्ँेत्र हुन् । नेपाली सर्न्दर्भमा एसर्एमई -साना र मझौला उद्यम) नै लगानीको उत्तम विकल्प हुनसक्छ । घरबाट अफिससम्म जा“दा बाटोका दुवैतिर सटरमा विभिन्न खालका व्यावसायहरु सञ्चालन भइरहेको देखिन्छ । यो सबै नेपाली एसर्एमई हो ।
हुन त ठूला कर्पोरेट ल्याण्डिङ पनि गर्नर्ुपर्छ । नेपालमा ठूला निक्षेपकर्ताहरु ५-६ ओटा होलान्, तिनीहरुले एकै पटक पैसा निकाल्दिए भने त संकटको अवस्था सिर्जना हुन्छ । तर थोपा-थोपाबाट भएको निक्षेपमा त्यस्तो जटिलता हु“दैन ।
अर्को, ग्रामीण कृषि क्ष्ँेत्र नै हो । यसका लागि कृषि विकास बैंकबाट सिक्नर्ुपर्छ । उनीहरुको ऋण किसानमा केन्द्रीत छ, यसको अवस्था अत्यन्तै राम्रो छ । जहिले पनि नीजि क्ष्ँेत्रका बैंकले सरकारी बैंकलाई सिकाउने भन्ने कुरा म मान्दिन“ । कृषि विकास बैंकबाट सिकेर त्यो उपाय मेगामा पनि उपयोग गर्ने हाम्रो सोच छ ।
बैंकिङ्ग क्षेत्रको एक दशक लामो अनुभव र देशको पहिलो वाणिज्य बैंकको सीइओ भएर काम गरिसकेपछि अब आफैं लगानीकर्ता भएर यो व्यवसाय शुरु गरौं जस्तो लागेन -
सबैको आ-आफ्नो सीप र दक्षता हुन्छ । मेरो दक्ष्ँता 'प्रोफेशन ब्याङ्कर' हो । यहा“बाट मैंले राम्रो गरें भनेर बैंक चलाउ“छु भन्नेतिर म लाग्नु हु“दैन । राम्रो र्सजनले अब म आफैं अस्पताल खोल्छु भनेर हु“दैन । व्यवस्थापनमा समय खर्च गर्नुपर्दा उसको राम्रो र्सजरी गर्ने दक्षता विस्तारै घट्दै जान्छ र ऊ दुवैतिर असफल हुन्छ । अनिल शाह राम्रो बैंकर हो, तर ऊ राम्रो प्रधानमन्त्री हुन्छ भन्ने होइन । मानिसले आफ्नो दक्षता के हो त्यही काम गर्नर्ुपर्छ । बैंकिङ्ग क्षेत्रमा योगदान गर्छु, तर अन्य काममा लाग्दिन“ । अहिले मेगालाई नं. १ बैंकको रुपमा स्थापित गर्ने नै मेरो सोच हो । तर हामी भ्रममा छैनौं कि यो दौड हामी दर्ुइ तीन वर्षा नै पुरा गरौं ।
मेरो यो सोचमा निक्षेपकर्ताहरुले साथ दिनर्ुपर्छ । शेयर होल्डर र रेगुलेटरको पनि यसमा त्यत्तिकै ठूलो हात हुन्छ । नबिल बैंक नेपालीले चलाएको बैंक भनेर राष्ट्र बैंकले उदाहरण दिन्थ्यो । मेगा पनि नमुना बैंकको रुपमा स्थापित होस् । समुदायले पनि मेगा बैंकलाई 'पायोनिर रोल' मा अगाडि बढाउनर्ुपर्छ, यसका लागि हाम्रो टीमले दत्तचित्त भएर काम गर्छ । तीन वर्षो अवधिमा हामी काम गरेर देखाउ“छौं ।
तपाईंलाई बैंकिङ्ग क्षेत्रको 'सेल्रि्रेटी' का रुपमा लिइन्छ नि -
हरेक मानिसहरुको जस्तै मेरो परिवार पनि आफ्नो कमाइबाट चल्छ । बच्चाको स्कुलको फीदेखि घरको चुलो बल्नेसम्म बैंकको तलब नै हो । प्रोफेशनमा नाम र दाम दुवैको महत्व हुन्छ । तर मेरो 'रेपुटेशन' मा आ“च आउने गरी पैसाको पछि लाग्दिन“ । नाम र दाम दुवै काम गरेर मात्र कमाइन्छ । कसको छोरा, कसको नाति, कुन पार्टर्ीीट आएको भनेर नाम कमाइने होइन । मेगाबाट मैंले अब जति नाम र दाम बढाउन सक्छु, त्यो अन्यत्र थिएन । म यहा“ नया“ काम शुरु गर्दैछु- म जहा“ पुग्छु काम गरेर पसिना बगाएरै पुग्छु ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete