Thursday, June 3, 2010

औद्योगिक पूर्वाधार निर्माण विशेष प्राथमिकतामा

पुष्प आचार्य
काठमाडौं, १८ जेठ
उद्योग मन्त्रालयले आगामी आर्थिक वर्षा औद्योगिक पर्ूवाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । केही वर्षता औद्योगिक क्षेत्रमा लगानी आउन नसकेको भन्दै मन्त्रलयले औद्योगिक पर्ूवाधार विकासमा जोड दिएको हो ।
"उद्योगको सङ्ख्या नबढेकाले भुक्तानीमा ठूलो असन्तुलन खेप्नुपरेको छ," उद्योग मन्त्रालय योजना महाशाखा प्रमुख यामकुमारी खतिवडाले भनिन्, "औद्योगिक पर्ूवाधार विकास गरेर सरकारले नयाँ उद्योग स्थापनाका लागि सहजीकरण गर्नर्ुपर्छ ।" भैरहवामा निर्माण भएको विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि माग आह्वान गर्ने आगामी आर्थिक वर्षभत्र सीमरामा पनि विशेष आर्थिक क्षेत्र निर्माण गरिसक्ने उनले बताइन् । भैरहवामा ५४ विगाह क्षेत्रफलमा विशेष आर्थिक क्षेत्र निर्माण पुरा भएपनि विशेष आर्थिक क्षेत्रसम्बन्धि विधेयक पास भइनसकेकाले उद्योग स्थापनालागि निजी क्षेत्रलाई आह्वान गर्न नसकिएको खतिवडाले बताइन् । "आगामी आर्थिक वर्षा सीमरामा आठ सय ३३ रोपनी क्षेत्रफलमा विशेष आर्थिक क्षेत्र निर्माण सम्पन्न गर्ने योजना ," खतिवडाले भनिन् । त्यस्तै पाँचखाल, धनगढी र झापामा विशेष आर्थिक क्षेत्रका लागि जग्गा अध्रि्रहण सुरु गर्ने कार्यक्रम छ भने जुम्ला र धनुषामा सम्भाव्यता अध्ययनलाई पर्ूण्ाता दिइनेछ ।
विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगले ७५ प्रतिशतसम्म निर्यातको प्रबन्ध गर्नुपर्ने खतिवडाले जानकारी दिइन् । "२५ प्रतिशतमात्र नेपालको आन्तरिक बजारमा बिक्री गर्न पाइन्छ," उनले भनिन्, "निर्यात पर््रबर्द्धनका लागि विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनालाई सहजीकरण गरिनेछ ।" भैरहवा आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि कतिपय उद्योगी, व्यावसायीहरुले आन्तरिक रुपमा कुरा अघि बढाइरहेको उनले बताइन् ।
मन्त्रालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सबै जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । औद्योगिक व्यावसाय विकास प्रतिष्ठान तथा घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रको सहयोगमा लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिन लागेको हो । अहिले घरेलु तथा साना उद्योग विकास कार्यक्रमले २७ जिल्लामा र घरेलु तथा साना उद्योग विकास समितिले ४८ जिल्लामा काम गर्दै आएका छन् । मन्त्रालयले खानी तथा भर्ूगर्भ विभाग अर्न्तर्गताका भू-वैज्ञानिक परियोजनाहरुलाई निरन्तरता दिंदै पेट्रोलियम अन्वेषणको कार्यक्रमलाई विशेष महत्व दिएको छ ।
मन्त्रालयले प्राथमिकता एक -पी १) का परियोजना अर्न्तर्गत लघु उद्यम विकास केन्द्र कार्यक्रम अर्न्तर्गत ७५ जिल्लामै प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ ।
७ जिल्लामा सिमेन्ट उद्योग
उद्योगले उदयपुर, दाङ, मकवानपुर, ललितपुर, रोल्पा, पाल्पा र धादिङ जिल्लामा सिमेन्ट उद्योग स्थापनाका लागि पर्ूवाधार विकास गर्ने भएको छ । पर्ूवाधार विकासमा बाटो, विद्युतीकरण, खानेपानी तथा टेलिफोन सेवा विकास गरिनेछ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete