Thursday, June 3, 2010

आवास र जग्गा व्यवसायीमा फुट

पुष्प आचार्य
काठमाडौं, १६ जेठ
नेपाल राष्ट्र बैंकले हाउजिङ व्यवसाय र जग्गा प्लटिङलाई छुट्टाछुट्टै आधारमा व्यवहारगर्ने निर्ण्र्ाागरेपछी घरजग्गा व्यवसायीको छाता संस्था नेपाल जग्गा तथा आवास विकासकर्ता संघ विभाजनको संघारमा पुगेको छ ।
संघमा करिब ३० प्रतिशत रहेका आवास विकासकर्ता र ७० प्रतिशत रहेका जमिन विकासकर्ताहरु आ-आफ्नै संगठन बनाउने तयारीमा जुटेका छन् ।
नेपाल राष्ट्र बैंकको हाउजिङलाई उत्पादनशील क्षेत्र मान्ने र ऋणदिन केही खुकुलो गर्ने तर जग्गा विकासलाई अनुत्पादनशील मान्ने नीतिसंगै यी दर्ुइ थरीका व्यवसायीबीच अन्य मत भिन्नता पनि क्रमशः र्सार्वजनिक हुन थालेको छ । आवास विकासकर्ताहरु जग्गाकोमात्र व्यापार गर्नेहरुलाई समाजमा भिन्न दृष्टिले हेरिने हुनाले अलग्ग पहिचान बनाउन कोशिश गर्दैछन् भने जग्गा विकासकर्ताहरु पनि आवासवालाहरुसंग मिलेर कामगर्दा आफूलाई व्याज बढीपर्ने र भुक्तानी ढिलोहुने गुनासो गर्न थालेका छन् ।
"हाउजिङ सकिएपछीमात्र बैंकको ऋण तिर्न पर्खनर्ुपर्दछ, यसलेगर्दा हामी चर्को व्याजको मारमा परेका छौं," एक जग्गा व्यवसायीले बताए । अहिले हाउजिङ गर्नेहरुले जग्गाको मूल्य अति न्यून राखेर नयाँ अपार्टमेन्टहरु घोषणा गरेका कारणले पनि विवाद बढेको छ ।
"एक प्रतिष्ठित हाउजिङ विकासकर्ता र नाङ्गलेभारेमा जग्गा प्लटिङ गर्नेहरु कसरी एउटै छातामा अटाउन सक्छन् -" एक हाउजिङ व्यवसायीले प्रत्रि्रश्न गरे । उनले कतिपय अवस्थामा जग्गाव्यावसायीहरुले गर्ने गलत कामहरुमा आफूहरु समेत मुछिनुपर्ने भएकाले आफूहरुले हाउजिङ विकासकर्ताहरुको छुट्टै संगठन तयार गर्न लागेको बताए । धेरैजसो जग्गा विकासकर्ताहरुले राम्रो काम गरेको भए पनि कतिपय अवस्थामा जग्गाकै कारणले हाउजिङ समेत विवादमा पर्ने र आफूहरुले अन्य उत्पादनमूलक उद्योगहरु सरह पाउने सहुलियत ऋण र पर्ुनर्कजाको सुविधा नपाएको गुनासो गरे । हाउजिङ व्यावसायीहरुको छुट्टै संगठन भए यस्ता सुविधाहरुका लागि संर्घष्ा गर्न सजिलो हुने उनले बताए ।
तर संघका पदाधिकारीहरुले भने संघ विभाजन गर्ने कुनै कुरा अघि नबढेको बताएका छन् । संघका उपाध्यक्ष इच्छाराज वाग्ले भन्छन्, "छुट्टै संगठीत हुने भन्ने विषयमा कुरा उठेको छैन ।" तर कालान्तरमा गएर हाउजिङ र जग्गा व्यावसायीहरु छुट्टाछुट्टै संगठीत हुने अवस्था आउन सक्ने कुरालाइ भने उनले अस्वीकार गरेनन् ।
संघका अर्का उपाध्यक्ष ओम राजभण्डारीले पनि संघ विभाजन हुन लागेको भन्ने सम्बन्धमा जानकारी नभएको बताए । कतिपय अवस्थामा घरजग्गा व्यावसायीहरुबीच अन्योन्याश्रति सम्बन्ध रहेकाले विभाजित हुँदा दुवै पक्षलाई घाटा हुने उनको भनाइ थियो ।
घर र जग्गा व्यवसायीहरु ठ्याक्कै फरक फरक व्यक्तिहरु नभएको र कतिपय जग्गा विकासकर्ताहरुले हाउजिङ कम्पनी खोलीसकेका हुनाले यस्तो विभाजन आउन नसक्ने कुरा संघका अध्यक्षर् इच्छाराज तामाङले विभिन्न र्सार्वजनिक कार्यक्रमहरुमा भनिरहेका छन् । तर कम्पनी रजिष्ट्रारको कार्यालयले भने एउटा व्यक्तिले एकै प्रकृतिको एकभन्दा धेरै उद्योग खोल्न नपाइने जनाएको छ ।
संघले हाउजिङ र जग्गा व्यावसायीहरुबीचको विवाद ढाकछोप गरे पनि विभाजनको कुरा भने निकै अघि बढीसकेको छ । विद्यमान संघलाई महासंघको ढाँचामा लगेर भए पनि हाउजिङ डेभलपर्स र ल्याण्ड डेभलपर्सहरुको छुट्टाछुट्टै संघ बनाउने पहल पनि संघभित्रैबाट शुरु भैसकेको छ ।
व्यावसायी त्रिरत्न महर्जन व्यावसायिक एकताकै कारण जग्गामा हदबन्दी छुटसम्मको सुविधा प्राप्त भइसकेको र आवास विकासकर्ताहरुले संघलाई विभाजन गर्दा उनीहरुलाई नै घाटा हुने बताए । "फुट्दा आवास विकासकर्ताहरुलाई नै घाटा हुन्छ", उनले भने ।
राष्ट्र बैंकको गत पुषको र्सकुलरपछि बैंकहरुले घर-जग्गामा दिने कर्जामा लगाएको रोकको विरुद्धमा व्यावसायीहरु संयुक्त रुपमा आन्दोलित भइरहेका छन् । यो आन्दोलनलाई बचाउन पनि संघलाई फुट्न दिनुहुन्न भन्ने पक्षमा दुवैतीरका ठूला व्यावसायीहरु छन् । २०५२ सालताका अधिकांश जग्गा व्यावसायीहरु संगठीत भएरसंघको स्थापना गरेका थिए ।
केन्द्रीय बैंकले घरजग्गामा बैंकहरुको ऋण अत्याधिक भएपछि ०६६ पुसदेखि यो क्षेत्रमा कूल कर्जाको २५ प्रतिशतमात्र कर्जा प्रवाह गर्न र यसअघि प्रवाह भएको कर्जालाई पनि २०६९सम्म ४० प्रतिशतमा झारीसक्न र्सकुलर जारी गरेको छ । केन्द्रीय बैंकले र्सकुलर जारी गर्दाको समयमा बैंकहरुको कूल ८८ अर्ब ३२ करोड रुपैंया कर्जा यस क्षेत्रमा प्रवाहीत भएको थियो ।
व्यावसायीहरुले जग्गा र आवासलाई एकअर्काका परिपूरकको रुपमा लिएर दुवैलाई उही महत्वका दृष्टिले हेरे पनि औद्योगिक व्यवस्था नीति, २०४९ ले नै आवासलाई उत्पादनमूलक उद्योगका रुपमा परिभाषित गरेको छ भने जग्गा व्यावसायलाई उत्पादनमूलक क्षेत्र मानिएको छैन । राष्ट्र बैंक ऐन, २०५८ले घरजग्गा व्यावसायलाई 'रियलस्टेट' भनेको छ ।

No comments:

Post a Comment