Wednesday, June 30, 2010

नेपालको प्रतिव्यक्ति आम्दानी ५६८ अमेरिकी डलर

आयको असमानता घटेको छैनः अर्थविद्
पुष्प आचार्य
काठमाडौं, ३० जेठ ।
नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ । गत वर्षचार सय ७४ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षा पाँच सय ६८ डलर रहने अनुमान गरिएको छ । आर्थिक वृद्धिदर कम भए पनि चर्को मुद्रा स्फितिका कारण कुल गार्हस्थ उत्पादनको परिमाण बढ्न गई प्रतिव्यक्ति आयमा समेत वृद्धि देखिएको हो । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षा कुल गार्हस्थ उत्पादन १२ खर्ब २४ अर्ब रूपैंया अनुमान गरेको छ ।
"प्रतिव्यक्ति आम्दानी बढ्यो भन्दा मानिसको जीवनशैलीमा परिवर्तन आउनुपर्ने हो तर त्यो भएको छैन," अर्थविद् डा. विश्वम्भर प्याकुर्‍यालले भने, "अहिलेको मूल्यमा मुद्रा स्फिति र आर्थिक वृद्धि जोड्दा १४.५ प्रतिशत हुनआउँछ ।" प्याकुर्‍यालले यस्तो वृद्धिलाई सकारात्मक वृद्धि मान्न नसकिने बताए । "प्रतिव्यक्ति आम्दानी बढ्दा मुलुकको कुल राष्ट्रिय उत्पादनमा कतिओटा क्षेत्रहरु थप गरिएको छ भनेर हुनुपर्छ," उनले भने, "तर हामीकहाँ त्यस्तो देखिदैंन ।"
मुलुकको कृषि उत्पादन र औद्योगिक क्षेत्रको वृद्धि नकारात्मक रहेपनि सेवा क्षेत्रले कुल गार्हस्थ उत्पादनमा केही योगदान पुर्‍याएको अर्थसचिव रामेश्वर खनालले बताए । "मुद्रास्फितिका कारण पनि आयमा वृद्धि देखिएको हो," उनले भने । उनले अचल मूल्यमा कुल गार्हस्थ उत्पादन ५ सय अर्ब डलरमात्र रहने उनले बताए । त्यसो त सन् २०६५/६६ मा एसियाली विकास बैंक (एडीबी) र केन्द्रीय तथ्यांक विभागको तथ्यांक नै फरक छ एसियाली विकास बैंकको प्रतिवेदनमा नेपालको प्रतिव्यक्ति आय ४४७ अमेरिकी डलर रहेको जनाएको छ भने केन्द्रीय तथ्यांक विभागले ४७४ डलर भनेको छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांकमा आधारित रहने हो भने गत वर्षो तुलनामा ९४ डलर औसत आयमा वृद्धि भएको छ । अर्थविद् डा. प्याकुर्‍यालले आयमा असमानता बढ्दै गएको बताए । "आर्थिक विकास माथि गयो भन्ने हिसाबले जान सकिन्छ भन्ने होइन," उनले भने "सबै मानिसको जीवनस्तर बढ्न सकेको छैन ।" २०५३ सालको जीवनस्तर र्सर्वेक्षणको उदाहरण दिंदै उनले सन् १९९६ मा ४२ प्रतिशतमा रहेको गरिबी सन् २००४ सम्म ३१ प्रतिशतमा झरे पनि आर्थिक असमानता भने बढ्दै गएको छ । 'गिनी' परिसूचकमा ० अंकलाई आर्थिक समानता र १ अंकलाई पूर्ण असमानताको अंक मानिन्छ । यो सूचकमा २०५३ सालको तुलनामा २०६१ मा वृद्धि भएको थियो । २०५३ देखि ०६१ को अवधिमा गिनी परिसूचक ०.३४ अंकबाट बढेर ०.४१ पुगेको थियो । "यो परिसूचक पछिल्ला वर्षरुमा झन् वृद्धि भएको हुनसक्छ," प्याकुरेलले भने । आर्थिक असमानता घट्नुलाई मात्र प्रतिव्यक्ति आयमा हुने वृद्धिको सकारात्मक संकेतका रुपमा लिन सकिने उनको भनाइ थियो ।
"नेपालका गरिबहरुको सङ्ख्या कम भएको त देखिन्छ तर हामीले विचार पुर्‍याउनुपर्ने समूहको आम्दानी औसत नेपालीको भन्दा धेरै नै कम छ," उनले भने, "प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांकलाई हामीले र्सतर्कताका साथ लिनुपर्छ । गिनी परिसूचक घटेमा आयको असमानताको हिसाबमा २०५२/५३ को अवस्थामा र्फकन सकिने उनले बताए । "गएको एक वर्षो मात्र कुरा गर्ने हो भने हाम्रा समग्र वृहद् आर्थिक परिसूचकहरु नकारात्मक भएको छ," उनले भने ।
प्याकुर्‍यालले बैंकमा निक्षेप संकलनमा कमी आउनु, तरल सम्पत्ति घटेर जानु, भारु सञ्चिति बढ्नु, वैदेशिक विनिमय बचत घट्दै जानु तथा शोधानान्तर घाटा उच्च हुनुले अर्थतन्त्र संकुचनमा रहेको बताए । "अर्थतन्त्र नै संकुचित रहेका बेला न उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सक्छ न रोजगारी सिर्जना हुनसक्छ -" उनले प्रश्न गरे । यस्तो अवस्थामा प्रतिव्यक्ति आय वृद्धि हुनमा दोहोरो अंकको मूल्य वृद्धि नै मुख्य कारण रहेको उनको भनाइ थियो । उनले प्रतिव्यक्ति आयको वास्तविक तथ्यांक पत्ता लगाउने विधि अबलम्बन गरिनुपर्ने बताए । "अर्थतन्त्रको अबका प्राथमिकतालाई पुनर्विचार नगर्ने हो भने नेपाली अर्थतन्त्र साँच्चिकै जटिल मोडमा पुग्नसक्छ," उनले भने ।
नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि, सेवा र उद्योग क्षेको क्रमशः ३४, ५१, १५ प्रतिशत योगदान रहेको छ । नेपालको कुल गार्हस्थ उत्पादनको परिणाम बढ्दै गए पनि विश्वका अन्य देशहरुसँग प्रतिस्पर्धा गर्न सकेको छैन । २०६२ सम्म विश्वको ८३औं ठूलो अर्थतन्त्रका रुपमा गणना गरिएको नेपाल २०६५ मा ११५औं स्थानमा रहेको विश्व बैंकको प्रतिवेदनले देखाएको छ ।
सन् २००७- ३४० अमेरिकी डलर
सन् २००८- ४२० डलर
सन् २००९- ४७४ डलर
सन् २०१०- ५६८ डलर -अनुमानित)
-स्रोतः तथ्याङ्क विभाग)

1 comment:

  1. रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete