Thursday, June 3, 2010

कृषि बजारका लागि जग्गा अभाव

पुष्प आचार्य
काठमाडौं, १७ जेठ ।
कृषि उपजहरुको संकलनका लागि राजधानीमा स्थापना गर्ने भनिएको सुविधासम्पन्न आधुनिक कृषि बजार स्थापनाका लागि बजार विकास निर्देशनालयले जग्गा खोजी कार्य अघि बढाइरहेको छ । कृषि बजारसँगै कोल्ड स्टोरेजसहितको माछा बजार स्थापनाका लागि निर्देशनालय जुटेको छ ।
बजार विकास निर्देशनालय हरिहरभवनका प्रमुख विष्णुदत्त अवस्थीका अनुसार, चार रोपनी सम्मको क्षेत्रफलको जग्गा मिलेमा तत्कालै कोल्ड स्टोरसहितको माछा बजार सञ्चालनका लागि पर्ूवाधार निर्माण गरिनेछ । निर्देशनालयले चालु आर्थिक वर्षा काठमाडौंको लप्सीफेदीमा तरकारी संकलन केन्द्र निर्माण गर्न लागेको छ, भने देशभर तरकारी तथा फलफूलका थोक र खुद्रा गरी ९८ ओटा संकलन केन्द्र निर्माणका क्रममा छन् । फलफूल तथा तरकारी बिक्रीका लागि निर्देशनालयले अघि बढाएको ठूला परियोजनाका क्षेत्रमा भने प्रगति हुन नसकेको अवस्थीले बताए ।
"जग्गाको अभावले ठूला संकलन केन्द्र बनाउन सकिएको छैन," उनले भने, "सरकारसँग ठूला संकलन केन्द्र सथापनाका लागि जग्गा माग गरिरहेका छौं ।" कालीमाटी तरकारी बजारजस्तै संकलन केन्द्र विकासका लागि निर्देशनालयलाई यसअघि सरकारले भक्तपुर, मनहराको ५२ रोपनी जग्गा उपलब्ध गराउने भएको थियो । तर उक्त क्षेत्रमा सुकुम्बासी वस्ती रहेकाले काम अघि बढाउन नसकिएको अवस्थी बताउँछन् । उनका अनुसार, नेपालको पर्ूर्वी क्षेत्रबाट जम्मा हुने तरकारी तथा फलफूल जम्मा गर्न लागि कोल्ड स्टोरेज सहितको संकलन केन्द्र निर्माण गर्ने योजना निर्देशनालयसँग छ । तर सुकुम्बासी वस्ती रहेको उक्त क्षेत्रमा सरकार र स्थानीय निकायको सहयोगबिना जग्गा खाली गर्न नसकिएको उनले बताए । "जमिन मुनिबाट त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलसम्म बाटो बनाएर विदेशमा समेत फलफूल, तरकारी निर्यात गर्न सकिने सोच हामीले अघि सारेका हौं," उनले भने, "यसका लागि हामीले ४-५ वर्षेखि पहल गर्दै आइरहेका छौं ।" ५ वर्षघि जापान इन्टरनेशनल को-अपरेशन एजेन्सी -जाइका) ले ३ वर्षा निर्माण सम्पन्न गर्ने गरी मनहरामा संकलन केन्द्रको काम अघि बढाउने सहमति भएको थियो । तर सुकुम्बासी बस्ती स्थानान्तरण गर्न नसक्दा योजना अलपत्र परेको अवस्थीले जानकारी दिए ।
उनले माछा बजारका लागि जग्गा खोजी तीव्र पारिएको बताए । "उपयुक्त जग्गा उपलब्ध नहुँदा काम अघि बढाउन सकिएको छैन", उनले भने । मनहराको जग्गाका स्थानीय ठीमी नगरपालिकाको सहयोगमा सुकुम्बासीलाई स्थानान्तरण गर्न सकिने उनले बताए । "यसका लागि सरकारले पहल गर्नर्ुपर्छ" उनले भने ।
मनहराको जग्गा सुकुम्बासीले ओगटेपछि सरकारले पर्ूव राजपरिवारको ट्रष्टमा राखिएको भक्तपुर सल्लाघारीको जग्गा उपलब्ध गराउने भनेको थियो । "हामीले सरकारलाई लिखित पत्राचार गरेका छौं," अवस्थीले भने, "यी विषयहरुमा मन्त्रीपरिषद्ले निर्ण्र्ाालिनर्ुपर्छ ।"
सरकारले हरेक वर्षकृषि बजार स्थापनाका लागि बजेट छुट्याउँदै आएको छ । देशभर कृषि बजार स्थापनाका लागि चालु आर्थिक वर्षा ७ करोड रुपैंया बजेट विनियोजन गरिएको थियो । निर्देशनालयले आगामी आर्थिक वर्ष देशभर थप कृषि बजारका लागि सम्भाव्यता अध्ययन गरी लगत तयार गर्न लागेको अवस्थीले बताए ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन AKLM बीमा कम्पनी, को एक प्रतिनिधि हुँ इमेल: (adams.credi@gmail.com)

    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। जरुरी ऋण जानकारीको लागि (adams.credi@gmail.com): सम्पर्क इमेल

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete