Saturday, June 5, 2010

प्राकृतिक उत्पादनमा जोड


पुष्प आचार्य
काठमाडौं, २० जेठ ।
देउराली जनता फर्मासेट्यूकल्सले प्राकृतिक र स्वास्थवर्द्धक औषधीहरुको उत्पादनमा जोड दिएको छ । स्वस्थ जीवनका लागि कम्पनीले यस्ता औषधीहरुको उत्पादन शुरु गरेको हो । 'न्याचुरल प्रोडक्टस्' का रुपमा टेनिसिड, केयरएज, रि-फोस जस्ता औषधीहरु उत्पादन गरी विश्ववयापीरुपमा प्रयोगमा ल्याइरहेको देउराली जनता फर्मासेट्यूकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिए ।
फर्मासेट्यूकल्सले मानिसहरुको जीवनशैलीमा आएको परिवर्तनसँगै उसलाई स्वस्थ रहन आवश्यक पर्ने औषधीहरुको अध्ययन, अनुसन्धान र उत्पादन शुरु गरेको छ । नेपालीहरुमा उच्च रक्तचाप, मानसिक तनाव, मुटु, कलेजो तथा किड्नी जस्ता समस्याहरु बढ्दै गएकाले यसको रोकथामका लागि प्राकृतिक औषधीहरुको उत्पादनमा जोड दिइएको हो । "नेपालीहरुको जीवनशैली फेरिएको छ," शर्मा भन्छन्, "आजभोलि हामी टेबलर्-वर्क मा बढी खट्ने गर्र्छौं । जसले मानसिक तनाव बढाउँछ ।" स्वास्थवर्द्धक औषधी केयरएजको सेवनले यस्ता कपिय समस्याबाट जोगाउने उनले बताए । "रोग लागेपछि मात्र उपचार गर्ने परम्परालाई परिवर्तन गर्नर्ुपर्छ," उनले भने । ५ वर्षघि झाडापखाला विरुद्धको जिंक ट्याब्लेट उत्पादन गरेर विश्वव्यापी प्रयोगमा ल्याएको थियो । "त्यतिबेला हामीले विश्व स्वास्थ्य संगठनको सहयोगमा अनुसन्धान गरेका थियौं," उनले भने, "अहिले अमेरिकी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेका छौं ।"
'प्रिm र्‍याडिकल'हरुको असर कम गर्न 'केयरएज'को प्रयोग जो कोहीले गर्न सक्ने उनले बताए । स्वस्थ रहेको खण्डमा मानिसको कार्यतालिका अनुसार काम गर्नसक्छ । 'केयरएज' सबै उमेरसमूहका मानिसहरुले आधिकारिक औषधी बिक्रेताहरुको सल्लाहमा प्रयोग गर्न सक्नेछन् । 'एन्टी-अक्सिडेन्ट' हरुको प्रयोगले मानिसलाई तन्दुरुस्त रहन मद्दत गर्छ । "पश्चिमी देशका मानिसहरु ६०-७० वर्षम्म स्वस्थ र तन्दुरुस्त देखिने कारण पनि यही हो," उनले भने । शर्माका अनुसार एन्टी-अक्सिडेन्टहरुले रोगको प्रतिरोध गर्छन् । 'रि-फोस' ले शरीरमा उत्पन्न हुने फस्फोरसको मात्र घटाएर किड्नीको समस्या आउनबाट बचाउँछ । यी औषधीहरु प्राकृतिक उत्पादन भएकाले यसको यसबाट अरु असरहरु नहुने शर्मा बताउँछन् ।
देउराली जनताको अर्को महत्वपर्ूण्ा प्रयास 'सिस्टी सार्कोसिस' निवारणका लागि टेनिसिड नामक औषधी हो । शर्मा भन्छन्, "हरेक वर्षएक-दुइ हजार नेपालीमा 'सिस्टी सार्कोसिस'को समस्या देखिने गर्छ । यसको कुनै औषधी उपचार थिएन, हामीले 'टेनिसिड' नामक औषधी बनायौं । यसले उपचारको सम्भावना नै नदेखेकाहरुको जीवन बाँचेको छ ।" 'सिस्टी सार्कोसिस' खासगरी राम्ररी नपाकेको पोर्क -सुगुरको मासु) खाँदा दिमागमा किराको संक्रमण हुने समस्या हो । "बाबुबाजेले धर्मकर्मका लागि पाटी पौवा बनाए । हामीले गर्ने धर्म यही हो," शर्मा भन्छन्, "हामी सामाजिक उत्तरदायित्वको व्यावसाय गर्र्छौं ।"
यसबाहेक देउराली जनताले छालाको सुरक्षासम्बन्धि उत्पादनहरुको अनुसन्धान गरिरहेको छ भने हेपाटाइटिस बी, टाइडफाइड लगायतका भ्याक्सिन उत्पादनका क्षेत्रमा पनि काम गर्ने सोच बनाएको छ । खासगरी सन् २०१६ पछि मान्यताप्राप्त औषधीहरुको पेटेण्ट सकिने र त्यसपछि व्यावसायलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा योजना बनाइरहेको शर्माले बताए ।

1 comment:

  1. रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete