- राधेश पन्त, प्रमुख कार्यकारी अधिकृत, कुमारी बैंक लिमिटेड
साधरण निक्षेपमा १० प्रतिशत ब्याज दिने नया“ 'बिग सेभिङ्ग' नामक नया“ योजना कुमारी बैंकले ल्याएको छ । यसरी एक्कासी ब्याजदर बढ्नुको कारण बजारमा प्रतिस्पर्धा भएर हो या लगानीको नया“ क्षेत्रहरु पत्ता लगाउनुभएर हो
हामीले धेरै अध्ययन गर्यौं, वस्तुतः अहिलेको मुद्रास्पिmति दर हर्ेर्ने हो भने यो १०-११ प्रतिशतको हाराहारीमा छ । मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याजको व्यवस्था यसअघिदेखि नै छ । १२ प्रतिशतभन्दा पनि बढ्दो छ । त्यो भन्दा बचतलाई नै बढाएर व्यक्तिलाई बढी ब्याज दिदा“ निक्षेप संकलनमा वृद्धि हुन्छ । यसमा हामीले शर्तहरु पनि केही राखेका छैनौं, शर्तहरु राख्दा उपभोक्ता आकषिर्त हु“दैन भनेर आ“ट गरेर 'बिग सेभिङ' मा १० प्रतिशत ब्याज दिने योजना ल्यायौं । यसमा एउटामात्र शर्त निक्षेप रकम ५० हजार रुपैंया हुनर्ुपर्छ । अहिलेको अवस्थामा ५० हजार रुपैंया मध्यम वर्ग र अझ त्यो भन्दा तल्लो स्तरको आय हुनेले पनि संकलन गर्न सक्छन् । त्यसमा १० प्रतिशत ब्याज दिन्छौं, अरु केही शर्तहरु छैनन् । यो योजनामा हामीले पलायन भएको, मानिसले घर-घरमा राखेको अर्थात् बैंकिङ्ग प्रणालीमा नआएको पैसा अबदेखि बैंकिङ प्रणालीमा आओस् भन्ने हाम्रो उद्देश्य हो ।
तरलता अभावका कारण अन्तर बैंक ऋण लिनुपर्ने र १४-१५ प्रतिशत ब्याज तिर्नुपर्ने समस्या भयो, बरु यो भन्दा र्सवसाधरणकै पैसा संकलन गरेर बढी ब्याज दिउ“ भन्नेचाहीं होइन -
त्यो पनि हो । तर हाम्रो 'इन्टर बैंक बरोइङ' -अन्तर बैंक सापटी) त्यति धेरै पनि छैन । मुद्दती निक्षेपमा हामीले १२ प्रतिशत ब्याज दिइरहेका छौं । यस्तो निक्षेपमा ५० करोड, एक अर्बका निक्षेपहरु हुन्छन् र यो धेरै जोखिमपर्ूण्ा पनि छ । उनीहरुले पैसा लग्ने बित्तिकै हाहाकार मच्चिन्छ । बरु त्यसमा निर्भर नभएर सानो-सानो निक्षेप संकलन गरेर 'पोर्टफोलियो' बनाउनर्ुपर्छ भन्ने लाग्यो । अब मुद्रास्पिmति नै १०-११ प्रतिशत रहेको अवस्थामा यो आकर्ष दर लिएर आएका हौं ।
'बिग सेभिङ्ग' मा निक्षेप संकलनको अवस्था कस्तो छ -
विस्तारै निक्ष्ँेप आइरहेको छ । अहिले समग्र बैंकिङ्ग क्षेत्रमा निक्षेप बढेको अवस्था छैन । तर हामी सन्तुष्ट छौं । अब नया“ योजना ल्याएपछि त्यसमा आकर्षा त हुने नै भयो ।
कुमारी बैंकको अन्तर बैंक सापटीको अवस्था के छ - कति सापटी चलाइरहनुभएको छ -
हाम्रँे अन्तरबैंक सापटी धेरै छैन । कुमारी बैंकको वित्तिय अवस्था एकदमै राम्रो छ । तेश्रो त्रैमासिकको रिपोर्ट हर्ेर्ने हो भने पू“जी पर्याप्तता १२.५ प्रतिशतभन्दा बढी छ । खराब कर्जा ०.६ प्रतिशत छ र राष्ट्र बैंकको निर्देशन अनुसार कर्जानिक्षेप अनुपात ८५ प्रतिशतको हाराहारीमा छ । तर अहिलेभन्दा पनि हामीले भविष्यका लागि सोचेका हौं । साना निक्षेपहरु धेरै भयो भने भविष्यमा हामी बलियो र प्रतिस्पर्धी हुनसक्छौं ।
बैंकहरुमा तरलता अभावको समस्या अब केही टरेको हो -
तरलताको समस्या त अहिले पनि छ । तर केही मात्रामा अभाव घटेको छ । अन्तर बैंक सापटी पनि सरल बन्दै गइरहेको छ । राष्ट्र बैंकले 'रिपो' दिइरहेको छ । पुनकर्जामा पनि सुधार भइसकेको छ । आर्थिक वर्षो अन्तमा सरकारको खर्च पनि धेरै हुन्छ । यसले गर्दा तरलता समस्या केही हल्का हुन्छ । तर पनि यी औजारहरुले छोटो समयका लागि मात्र काम गर्छन् । ती कारणहरुले गर्दा दर्ीघकालका लागि हामीले बैंकहरुमा निक्षेप तान्नर्ैपर्छ ।
सरकारले विकासको रकम खर्च गर्न नसक्नु, भारुस“गको विनिमय दर परिवर्तनका कुराहरु उठ्नु, १० लाख भन्दा माथिको सम्पत्तिको स्रोत खोल्नुपर्ने बन्देजजस्ता विविध कारणले बैंकहरुमा निक्षेप नआउनु र तरलता समस्या देखापर्नुमा सरकारको पनि दोष देखियो नि -
धेरै कुराहरु एकै पटक आएर गा“सिए, दशैंको बेलामा नगदको अभाव भयो । १० लाखमा आयको स्रोत खोल्नुपर्ने व्यवस्था आयो । यी सबै कारणहरु जिम्मेवार छन् । तर १० लाख निक्षेपमा नगद जम्मा गर्दा मात्र आयको स्रोत खुलाउनुपर्ने हो, चेकमा कारोबार गर्दा यो समस्या छैन । तर पनि मानिसहरु निरुत्साहीत भएका छन् । अर्को, ५० लाख माथिको कारोबार चेकमार्फ गर्नुपर्ने व्यवस्था भयो । यी कुराहरुमा सरकारले आउ“दो बजेट र मौद्रीक नीतिमा सम्बोधन गर्नेछ भन्ने लाग्छ ।
आयको स्रोत खोज्ने व्यवस्थालाई संशोधन गरेर अलिक नरम किसिमले जान सकिन्छ कि -
आयको स्रोत सोध्नुसट्टा यो पैसा सही व्यावसायबाट कमाएको हु“ भन्नेमात्रको व्यवस्था भयो भने हाम्रा धेरै ग्राहकहरुलाई सजिलो हुन्छ । अब त्यसरी जाने कि भन्ने सम्बन्धमा पनि कुरा भइरहेको हामीले पाएका छौं ।
मौद्रीक नीतिलाई केही खुकुलो गर्नुपर्ने भन्ने तपाईंको भनाइ हो -
मौद्रीक नीति कडा भयो भन्ने होइन । पहिला बरु अलिकति खुकुलो थियो, तर अहिले हामीस“ग तरलता समस्या भयो । आज हामी कर्जा निक्षेप अनुपात, अनिवार्य नगद मौज्दातमा राष्ट्र बैंकको मापदण्ड पुरा गर्ने हिसाबले मात्र बस्यौं, उत्पादनमूलक क्षेत्रमा लगानी गरेनौं भने भोलि झन् समस्या पर्नसक्छ । अहिले हामीले ठूला परियोजनाहरुमा लगानी गर्न सकिरहेका छैनौं ।
अहिले रेमिट्यान्स पनि घट्दो क्रममा छ, शोधानान्तर घाटा २३ अर्ब पुगेको छ । सुनको आयात कम गर्दा पनि यो घट्न सकिरहेको छैन । त्यसैले सरकार र राष्ट्र बैंकले यी कुराहरुमा विचार पुर्याएर अघि बढ्नर्ुपर्छ ।
केन्द्रीय बैंकको अहिलेको भूमिकालाई कसरी लिनुहुन्छ -
मैंले एकदम सकारात्मक पाएको छु । पुनकर्जा दिएर, ठूलो रकमको रिपो जारी गरेर उसले बैंकहरुलाई सहयोग गरिरहेको छ । तर यो राष्ट्र बैंकको मात्र अभिभारा होइन । यसमा निजी क्षेत्र, सरकार, बैंकिङ्ग क्षेत्र मिलेर निक्षेप बैंकिङ प्रणालीमा ल्याउनुपर्यो । अहिले तत्कालीन समस्या समाधानका लागि अपनाइएका उपायहरु राम्रा छन् र यसस“गै समस्या समाधानका दर्ीघकालीन उपायहरुमा पनि जानुपर्यो ।
कुमारी बैंकले अब कुन-कुन नया“ क्ष्ँेत्रहरुमा लगानी गर्दैछ -
हामी साना मझौला उद्यममै लगानी गर्र्छौं । यसमा जोखिम पनि कम हुन्छ । ठूला परियोजनाहरुमा लगानी गर्ने भन्ने विषयमा तत्काललाई हाम्रो सोच छैन । हामी अब ७ ठाउ“मा शाखा विस्तार गर्दैछौं ।
कहा“-कहा“ जादैं हुनुहुन्छ -
हामीले पश्चिमलाई बढी केन्द्रीत गरेका छौं । सल्यानदेखि सर्ुर्खेतहु“दै पश्चिम क्षेत्रमा केन्द्रीत हुने हाम्रो योजना छ । आगामी वर्षा शाखा विस्तारलाई जोड दिने योजनामा छौं । कुमारी बैंक इ-बैंकिङ्ग -इन्टरनेट बैंकिङ्ग)मा गएको पहिलो बैंक थियो । आगामी दिनहरुमा पनि हामी प्रविधिको प्रयोगबाट नया“-नया“ योजनाहरु ल्याउ“छौं । यसका लागि हामी गृहकार्य गरिरहेका छौं ।
अरु केही नया“ निक्षेप योजनाहरु ल्याउने सोचमा हुनुहुन्छ कि -
हामी प्रविधिको माध्यमबाट नया“ योजनाहरु ल्याउ“छौं, निक्षेपमा पनि केही नया“पन ल्याउनर्ुपर्छ । अहिले बजार एकदमै प्रतिस्पर्धी छ, त्यसैले नया“-नया“ रणनीतिहरु अपनाउनर्ैपर्छ ।
घरजग्गामा रहेको कर्जा २०६९सम्ममा ४० प्रतिशतमा झारीसक्न राष्ट्र बैंकले र्सकुलर जारी गरेको छ, घरजग्गा कर्जामा कुमारी बैंकको लगानीको अवस्था के छ -
हामी केन्द्रीय बैंकको सीमाभित्रै छौं । निक्षेप र दर्ीघकालीन तरलता नबढीकन घरजग्गा समस्या समाधान हु“दैन । निक्षेप संकलन प्रशस्त हुन थाल्यो भने घरजग्गा समस्या पनि आफसेआफ समाप्त हुन्छ ।
पछिल्लो समय देखिएको वित्तिय समस्या समाधानमा तपाईंहरुजस्ता व्यावसायिकहरुको भूमिका कस्तो हुनुपथ्र्यो -
अहिले बाहिर धेरै समस्याहरु सुनिएको छ । तर बैंकिङ क्षेत्रमा त्यस्तो भयावह समस्या पर्दैन । बैंकहरु राष्ट्र बैंकको नीतिनियम र उसले तोकेको मापदण्डभित्र बसेर काम गर्ने भएकाले पनि उनीहरुले मर्यादीत व्यवसाय गरिरहेका हुन्छ । दक्षिण एसियाकै अरु देशरुमा पू“जी पर्याप्तता ८-९ प्रतिशत राखिएको छ । हामीकहा“ १० प्रतिशत हुनुपर्ने नियम छ । त्यस्तै स्थायी तरलता अनुपात, अनिवार्य नगद मौज्दातका सबै नियमहरुले बैंकहरुलाई बा“धेको छ ।
हाम्रो अहिलेको भूमिका बैंकहरुलाई पारदर्शी बनाउने, बैंकिङ सुशासन कायम गर्ने, संस्थालाई एकदमै व्यावसायिक बनाउने र 'नेपाल बैर्ंकर्स एसोसिएसन'मार्फ नेपाल सरकार र राष्ट्र बैंकलाई फाइदा हुने सल्लाह दिन सक्नुपर्यो । वैयक्तिक रुपमा आफ्नो बैंकलाई भन्दा समग्र बैंकिङ्ग क्षेत्रलाई कसरी फाइदा हुन्छ भनेर हामीले काम गर्नर्ुपर्छ ।
मुलुकमा व्यावसायिक वातावरण नहु“दा र वर्षदनमा दर्ुइ-तीन महिनाजसो हुने बन्द, हड्तालले बैंकहरुको कर्जा जोखिममा पारेको छ भन्न सकिन्छ -
अवश्य जोखिम हुन्छ । जब देशमा व्यावसायिक वातावरण हु“दैन भने उद्यमीले बैंकबाट लिएको ऋण कसरी तिर्छ । कुनै पनि बेला उद्योगधन्दामा समस्या पर्यो भने बैंकिङ्ग क्ष्ँेत्रमा समस्या परिहाल्छ । उद्यमी व्यावसायीहरुले ऋण तिरेनन्, ब्याज तिरेनन् भने त हामी नाफामा जानै सक्दैनौं । व्यावसायिक वातावरण भएन भने यसले सिङ्गो देशको अर्थतन्त्रलाई नै असर पुर्याइरहेको हुन्छ ।
हुन त अहिलेसम्म सबै बैंकले नाफा कमाइरहेका छन् । तर नाफाको दरमा हुने वृद्धि पहिलेको तुलनमा अत्यन्त न्यून छ । बाहिर बैंकहरुले नाफा कमाए भनेर जसरी प्रचार गरिन्छ, यथार्थमा बैंकहरुको लगानीको पाटोलाई ख्याल नगएकिो पो हो कि भन्ने लाग्छ ।
देशमा व्यावसाय गर्ने वातावरण छैन, तर बैंकहरुले बीचबीचमा ऋणमा ब्याज बढाइरहेका छन्, जस्तो घरजग्गा कै क्षेत्रमा भयो, उनीहरुले बढेको ब्याज तिर्दैनौं भनिरहेका छन् -
घरजग्गा क्षेत्रको कर्जामा केही ब्याज बढेको हो । तर उनीहरुले बढेको ब्याज तिर्दैनौं भनेका छैनन्, हामीले पनि उनीहरुस“ग बसेर कुरा गरिसकेका छौं । निक्षेपमा ४-५ प्रतिशत ब्याज बढेकाले ऋणमा पनि केही बढेको छ । तर निक्षेपमा बढाउ“दा कर्जामा पनि बढाउने भन्ने मिल्दैन । निक्षेपमा १४ प्रतिशत ब्याज दिन्छौं, कर्जामा २० प्रतिशत लिन्छौं भन्न त मिलेन नि † त्यसैले बैंकहरुको ब्याज दिने पनि लिने पनि सन्तुलित नै छ । २० प्रतिशत ब्याजमा त व्यावसाय नै टिक्न सक्दैन । उद्यम, व्यावसाय जति बढ्यो, त्यति नै बैंकहरुलाई फाइदा हुने हो ।
- पुष्प आचार्य
Saturday, June 5, 2010
Subscribe to:
Post Comments (Atom)
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:
ReplyDelete